ललितपुरको ग्वार्कोमा निर्धाणाधीन फ्लाइओभरमा कालोपत्र गर्न थालिएको छ।
फ्लाइओभरको संरचना निर्माण सकिएपछि कालोपत्र गर्न थालिएको निर्माण पक्षले बताएको छ।
२०७९ पुसबाट फ्लाइओभर निर्माण सुरु भए पनि यसअघि डिजाइनमै त्रुटि हुँदा काम प्रभावित भएको थियो। यही कारण यात्रुले पनि ठूलो सास्ती बेहोर्नुपरेको थियो।
यस परियोजनाका लागि १७ करोड ६ लाखमा ठेक्का सम्झौता भएको छ। ‘डिजाइन एन्ड बिल्ड’ (ईपीसी) मोडलमा आरसी, समानान्तर र रिलेग्रे निर्माण कम्पनीले संयुक्त रूपमा फ्लाइओभर निर्माण गरिरहेका छन्।
भिडिओ:
कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउन्ड क्लियरेन्स ६ मिटर हुने र फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्याम्प निर्माण हुने बनाइएको छ।
तस्बिरहरू:



















3.5k
Shares

प्रतिक्रिया