ad ad

समाज


जनकपुर प्रादेशिक अस्पतालमा परीक्षण गराएका चार जनाकै रिपोर्ट ‘नेगेटिभ’

 जनकपुर प्रादेशिक अस्पतालमा परीक्षण गराएका चार जनाकै रिपोर्ट ‘नेगेटिभ’

नेपालखबर
चैत २२, २०७६ शनिबार १२:४७,

जनकपुरस्थित प्रादेशिक अस्पतालमा कोरोना भाइरसको चार जनाको स्वाबको परीक्षण गर्दा सबै रिपोर्ट ‘नेगेटिभ’ आएको छ।

सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले शनिबार प्रेस भेटघाटमा सो जानकारी गराएका हुन्।

प्रदेश २ मा हालसम्ममा ७९ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा आजसम्ममा ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४१ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए।

यस प्रदेशको आठवटै जिल्ला गरी १३६ वटा क्वारेन्टिनमा दुई हजार ७३५ वटा श्यया रहेको छ। सोमध्ये ९६८ जना क्वारेन्टाइनमा, ८७ वटा आइसोलेसन शय्यामा २२ जना रहेको छ भने एक हजार छ जना होम क्वारेन्टिनमा बसेको सचिव घिमिरेले जानकारी गराए।

उनका अनुसार सप्तरीको ३० वटा क्वारेन्टिनमा २९९ जना, होम क्वारेन्टिनमा ४८ जना र एक जना आइसोलेसनमा छन् भने सिरहाको १९ वटा क्वारेन्टाइनमा १२७ जना र ७७ जना होम क्वारेन्टाइनमा छन्।

धनुषाको १६ वटा क्वारेन्टिनमा ८२ जना, होम क्वारेन्टिनमा ४० जना र सात जना आइसोलेसनमा रहेको छ भने महोत्तरीको १६ वटा क्वारेन्टिनमा ४४ जना र ७७५ जना होम क्वारेन्टिन छन् भने सर्लाहीको १६ वटा क्वारेन्टिनमा ५३ जना, ३२ जना होम क्वारेन्टिनमा छन् र रौतहटको १६ वटा क्वारेन्टिनमा २१५ जना र चार जना होम क्वारेन्टिनमा बसेका छन्।

पर्साको नौ वटा क्वारेन्टिनमा ९८ जना क्वारेन्टिनमा, पाँच जना होम क्वारेन्टिनमा र पाँच जना आइसोलेसनमा छन भने बाराको १४ वटा क्वारेन्टिनमा ५० जना, २५ जना होम क्वारेन्टिनमा र नौ जना आइसोलेसनमा छन्। उनीहरु नौ जना भारतमा सम्पन्न धार्मिक कार्यक्रमबाट फर्केका व्यक्ति रहेको सचिव घिमिरेले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .