ad ad

खेल


‘बार्साले नेमार अनुबन्ध गर्ने बाचा गर्‍यो’

‘बार्साले नेमार अनुबन्ध गर्ने बाचा गर्‍यो’

नेपालखबर
चैत २२, २०७६ शनिबार १२:३५,

गत सिजन नै नेमारले पीएसजी छाड्ने अभिव्यक्ति दिएका थिए। सो क्रममा रियल मड्रिडले नेमारलाई अनुबन्ध गर्ने चासो देखाएको थियो।

नेमार मड्रिड नजाउन् भनेर बार्साले गतवर्ष नै नेमारसँग अनुबन्ध गर्ने भनेर बाचा गरेको मुन्डो डिपोर्टिभोले उल्लेख गरेको छ।

बार्साले नेमारलाई ‘यो वर्ष भएपनि अर्को वर्ष भएपनि तिमी बार्सा आउनेछौं’ भनेको उक्त पत्रिकाले जनाएको छ।

मुन्डो डिपोर्टिभो स्पेनको पतिष्ठित पत्रिका हो। उक्त पत्रिका बार्सिलोनाबाटै प्रकाशित हुन्छ।

पीएसजीले नेमारको मूल्य १५० मिलियन युरो तोकेको खबरहरु पनि सार्वजनिक भएका छन्। पीएसजीले बार्साको एन्टोनी ग्रिजम्यानमा चासो देखाएको छ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार पीएसजी नेमारको साटो ग्रीजम्यान र ५० मिलियन युरो चाहन्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .