ग्रुपो मोडेलो कम्पनीले मेक्सिकोमा कोरोना बियरको उत्पादन गर्दै आएको छ।
कोरोना महामारीको त्रासपछि आफूहरु बियरको उत्पादन तत्काल रोक्न बाध्य भएको ग्रुपो मोडेलोले ट्वीटरमा जनाएको छ।
कोरोना भाइरसको त्राससँगै यस कोरोना बियरको चर्चा चुलिएको थियो। भाइरस र बियरको नाम उस्तै भएकाले सामाजिक संजालमा यस बियर चर्चामा आएको थियो।
मेक्सिकोमा हालसम्म १६ सय ८८ कोरोना संक्रमित पुष्टि भएका छन्। त्यहाँ हालसम्म ६० जनाको मृत्यु भइसकेको छ। सीएनएन

प्रतिक्रिया