समाज


न्युरोडबाट २० लाख रुपैयाँसहित एकजना पक्राउ

न्युरोडबाट २० लाख रुपैयाँसहित एकजना पक्राउ

नेपालखबर
जेठ ४, २०८२ आइतबार १८:९, काठमाडौँ

काठमाडौँको न्यूरोडबाट २० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। आउँसो पौने २ बजेतिर काठमाडौँ महानगरपालिका २४ जुद्दसालिक नजिकबाट उक्त रकमसहित एक जनालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ पताली घर भइ हाल काठमाडौँको पेप्सीकोला बस्ने २४ वर्षका संजय बस्नेत रहेका छन्।

उनको साथबाट प्रहरीले २० लाख २९ हजार ६२० रुपैयाँ बरामद गरेको छ।

एक हजार दरका १७७९ थान पाँच सय दरका ५०१ थान, सयको एक थान र २० रुपैयाँको एउटा नोट बरामद गरेको हो। बस्नेतको साथबाट प्रहरीले हस्ताक्षर भइसकेका र खालि गरी ३० वटा चेक पनि बरामद गरेको छ।

उनको साथबाट फेला परेको रकम हुण्डिको भएको प्रहरीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad