समाज


जेनेभामा स्वास्थ्यमन्त्रीको हारगुहार– वैदेशिक सहायता कटौतीले शिशुको जीवनरक्षा प्रभावित

जेनेभामा स्वास्थ्यमन्त्रीको हारगुहार– वैदेशिक सहायता कटौतीले शिशुको जीवनरक्षा प्रभावित

नेपालखबर
जेठ ४, २०८२ आइतबार १५:१८, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका कारण नेपालको मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा कार्यक्रम प्रभावित भएको  बताएका छन्। 

स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य संगठनको ७८ औं सभाको मन्त्रीस्तरीय गोलमेचमा सहभागी हुँदै उनले सहयोग कटौतीले नवजात शिशुको जीवनरक्षा कार्यक्रम प्रभावित भएको बताएका हुन।

‘नेपाल लगाएत निम्न तथा मध्य आय भएका राष्ट्रहरुको सूचीमा स्तरोन्नतीका लागि अघि बढेकाले विकास सहायता अझ कम हुँदा प्रमुख स्वास्थ्य सेवा प्रभावित हुनसक्ने देखिएको छ,’ मन्त्री पौडेलले भने, ‘प्रजनन उमेरका करिब ५० लाख महिलाले पाइरहेको महत्वपूर्ण सेवा तथा ५ वर्षमुनिका १५ लाख बालबालिका पोषण कार्यक्रममा सहयोग र  ३५ लाख वयस्कले प्रजनन शिक्षा तथा सेवामा समेत सहयोग कटौतीले प्रभाव पर्ने देखिएको छ।’

उनले थपे, ‘प्राथमिकता परिवर्तन भएका कारण अन्य द्विपक्षीय तथा बहुपक्षीय कटौतीले नेपालका मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन कार्यक्रम जस्ता प्रमुख स्वास्थ्य कार्यक्रमहरु प्रभावित हुने देखिएको छ। समस्यासँग जुध्न नेपालले यी क्षेत्रमा आन्तरिक बजेट वृद्धि गरेको छ।’

स्वास्थ्य मन्त्री पौडेलले आन्तरिक श्रोतबाट लगानी बढाउने प्रयास गरेको भन्दै मन्त्री पौडेलले घट्दो अन्तराष्ट्रिय स्वास्थ्य बजेट चुनौतीका रुपमा रहेको बताए।

विश्वका अल्पविकसित देश सहयोग कटौतीको मारमा परेको भन्दै उनले स्वास्थ्य चुनौती सामाना गर्नका लागि राष्ट्रसंघ तथा दातृ निकायहरुले दिगो आर्थिक तथा प्राविधिक सहयोगमा जोड दिनुपर्ने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad