समाज


आइतबारसम्मको मौसम अध्ययन: विभिन्न स्थानमा वर्षा, हावाहुन्डरी र हिमपात

आइतबारसम्मको मौसम अध्ययन: विभिन्न स्थानमा वर्षा, हावाहुन्डरी र हिमपात

नेपालखबर
जेठ ३, २०८२ शनिबार १८:२४, काठमाडौँ

आज (शनिबार) राति पनि देशका विभिन्न स्थानमा वर्षा, हुरी तथा हिमपातको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार राति खासगरी पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ भने देशका बाँकी स्थानमा पनि कतै कतै पानी पर्ने सम्भावना छ।

यसैगरी चारवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिउँ पर्ने तथा मधेस र कोसी प्रदेशका तराईमा हुन्डरी आउने सम्भावना छ।

हेर्नुहोस् बुलेटिन:

आज राति: कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भानवा छ।

आइतबार दिउँसो: कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भानवा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad