नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्वित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेतबारेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन्।
शनिबार बानेश्वरमा बसेको संसदीय दलको बैठकले निलम्वित सांसदद्वय राई र बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले घिमिरे जानकारी दिए।
‘उहाँहरुको कुरा पनि उठ्यो, उहाँहरुको विषयमा पनि सांसदहरुले कुरा उठाउनु भयो,’ घिमिरेले भने, ‘त्यो विषयमा सभापतिज्यूले जवाफ दिनुभयो। राजनीतिमा यस्तै हुन्छ, हामी पनि जेल बसेर आएका हौँ, थुनामा बसेर आएका हौँ भन्नेकुरा राख्नुभयो। यो विषयलाई ठूलो अर्थमा लिनु हुँदैन, राजनीतिमा हामी पनि बसेका हौँ भन्नुभयो।’
कांग्रेसका सांसद बस्नेतविरुद्ध टेरामक्स उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
मुद्दा दायर गरेको छ भने राई सहकारी ठगी प्रकरणमा प्रक्राउ परेर छुटेकी थिइन्।
त्यस्तै बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे पनि छलफल भएको घिमिरेले बताए। ‘आज बजेट लगायतका विविध विषयहरुमा छलफल गर्नको लागि यो बैठकको आयोजना गरिएको हो,’ उनले भने, ‘सांसदहरुले बजेट लगायत विविध विषयमा खुलेर छलफल गर्नुभयो। बजेट कसरी वितरण हुन्छ, बजेट वितरणमा समान ढंगले गर्नुपर्छ, क्षेत्रगत रुपमा सन्तुलित विकास हुनुपर्छ भन्ने कुरा पनि भयो।’
संसदीय दलको बैठकमा ठूलो दलको हिसावले सरकारमा सम्मानजनक उपस्थिति नपुगेको र अझ बढी लिनुपर्ने कुरामा सांसदहरुले आवाज उठाएका बताइएको छ।
Shares

प्रतिक्रिया