ad ad

समाज


कोरोनाबारे भ्रम फैलाउने युवक पक्राउ, भन्छन्ः लकडाउन पालना नगरेकाले तर्साउन त्यस्तो लेखेको

कोरोनाबारे भ्रम फैलाउने युवक पक्राउ, भन्छन्ः लकडाउन पालना नगरेकाले तर्साउन त्यस्तो लेखेको

गोकुल जोशी
चैत २२, २०७६ शनिबार २:३८,

कञ्चनपुरमा कोरोना भाइरस (कोभिड १९)बारे अफवाह फैलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

महेन्द्रनगरस्थित ‘महाकाली अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सामाजिक सञ्जाल फेसबुकमा गलत हल्ला फैलाउने अन्दाजी २४ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो।

भ्रम फैलाउने बेलडाँडी गाउँपालिकाका गोपाल सुनारलाई शुक्रबार बेलुका घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर)का डीएसपी रविन्द्र पौडेलले बताए।

सुनारले शुक्रबार बिहान फेसबुकमा ‘महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ’ भनेर लेखेका थिए।

उनी दुई साताअगाडि मात्रै भारतमा मजदुरी गरी घर फर्किएको खुलेको छ। लकडाउनको अवेज्ञा गरेको देखेर मानिसलाई तर्साउन सामाजिक सञ्जालमा हल्ला फैलाएको उनले प्रहरीसमक्ष बयान दिएका छन्।

सामाजिक सञ्जालमा गलत हल्ला फैलाएर भ्रम सिर्जना गर्न खोजेकाले उनलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .