समाज


मदन र जीवराजप्रति उच्च सम्मान छ: प्रधानमन्त्री

मदन र जीवराजप्रति उच्च सम्मान छ: प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
जेठ ३, २०८२ शनिबार ९:५९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा (एमाले)का महासचिव एवं जननेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत मदन – आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उच्च सम्मान व्यक्त गरेका हुन्। ‘मदन–आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौँ। उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ । मदन–आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु’, प्रधानमन्त्रीले लेखेका छन्।

प्रधानमन्त्री ओलीले ३२ वर्ष अगाडि आजको दिन आफूहरूले जननेता भण्डारी र कुशल सङ्गठक आश्रितलाई गुमाएको बताएका छन्। ‘जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो’, प्रधानमन्त्रीले भनेक छन्।

तत्कालीन एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रित २०५० जेठ ३ गते चितवनको दासढुङ्गा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा निधन भएको थियो।

दिवसका अवसरमा एमालेले आज बल्खुमा रहेकाे मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्दैछ। एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाई गरेका थिए। 

विसं २०४६ सालको जनआन्दोलन सफल भएसँगै खुला भएको तत्कालीन सो पार्टीले राजधानीको बागबजारस्थित नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरमा केन्द्रीय कार्यालय राखेको थियो। त्यसपछि सो कार्यालय बल्खुमा सारिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad