परराष्ट्रमन्त्री आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवताको भविष्य नै खतरामा पारिरहेका बताएकी छन्। काठमाडौंमा आजदेखि सुरु भएको सगरमाथा संवादको पहिलो संस्करणको उद्घाटन सत्रमा उनले जलवायु परिवर्तनले मानवताको भाग्यमात्र नभएर भविष्य नै खतरामा पारिरहेको बताइन्।
'जलवायु परिवर्तन अब कुनै क्षेत्र र देश विशेषको नभएर विश्वकै समस्या भएको छ, यसले सिंगो मानवतालाई नै संकटमा पार्दै गएको छ,' उनले भनिन्।
विश्वव्यापी संकटसँग जुध्न कुनै पनि देशको एक्लो प्रयास पर्याप्त नभएकाले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने खाँचो रहेको उनको भनाइ छ।
सामूहिक प्रयासको सुरुआत सगरमाथा संवाद भएको स्पष्ट गर्दै मन्त्री राणाले भनिन्,'सगरमाथा संवाद ‘वादे वादे जायते तत्त्वबोध’ भन्ने आदर्श वाक्यबाट प्रेरित छ। यो आदर्श वाक्यले हामीलाई बहस र संवादको भावनामा र फरक विचार र दृष्टिकोणको आदानप्रदानमार्फत सत्य कुराको खोजी र प्राप्तिका लागि प्रोत्साहित गर्छ ।'
Shares

प्रतिक्रिया