रेस्टुरेन्टमा अवैध रूपमा यौनजन्य क्रियाकलापहरू गराएको आरोपमा पोखरामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका ८ सृजनाचोकस्थित मनिका रेस्टुरेन्टका संचालक मकवानपुर बकैया गाउँपालिका ४ घर भएका ४० वर्षीय पदम लुङ्बा, पोखरा महानगरपालिका ५ मालेपाटन बस्ने ५१ वर्षीय तेजनारायण तिमिल्सिना र तनहुँ व्यास नगरपालिका ५ साँगे बस्ने २१ वर्षीय सलन गुरूङ रहेका छन्।
मनिका रेस्टुरेन्टमा अवैध रूपमा यौनजन्य क्रियाकलापहरू भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले उक्त रेस्टुरेन्टबाट ५ जना महिलाहरूलाई उद्धारसमेत गरेको छ। उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ।
Shares

प्रतिक्रिया