समाज


प्रवेश परीक्षाविनै विद्यार्थी भर्ना गर्ने  सीटीईभीटीको निर्णयमा अनेरास्ववियूको विरोध

प्रवेश परीक्षाविनै विद्यार्थी भर्ना गर्ने  सीटीईभीटीको निर्णयमा अनेरास्ववियूको विरोध

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १२:२६, काठमाडौँ

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव महेश भट्टराईलाई कार्यालयमा नै पुगी ज्ञापनपत्र बुझाएको छ। 

यही वैशाख २६ गते सीटीईभीटीले सञ्चालन गर्ने कुनै पनि कार्यक्रम प्रवेश परीक्षाविना विद्यार्थी भर्ना लिने भनी गरिएको निर्णयमा अनेरास्ववियूले विरोध जनाएको हो।

अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठले सीटीईभीटीले निर्णय खारेज नगरेकाले जुनसुकै हदमा जानसक्ने चेतावनी दिए। 

सीटीईभीटीको २०७औँ बैठकले विना प्रवेश परीक्षा जीपीएको आधारमा विद्यार्थी भर्ना लिने निर्णय गरेको थियो। 

‘जीपीएको आधारमा मात्रै भर्ना लिँदा सामुदायिक विद्यालयबाट पास भई आएका विद्यार्थीहरु मारमा पर्छन्’, अनेरास्ववियूले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘जीपीए सामुदायिकका भन्दा प्राइभेटबाट आएका विद्यार्थीहरुको बढी हुने र सीटीईभीटीमा पढ्ने अवसर पनि प्राइभेटका विद्यार्थीहरुले धेरै पाउने अवस्था सिर्जना भएको छ।’

विद्यार्थीहरूलाई समान ढंगले अवसर दिनको निम्ति प्रवेश परीक्षा अनिवार्य गरिनुपर्ने र परिषद्को निर्णयबाट गरिएको प्रवेश परीक्षा लिनु नपर्ने भनी गरिएको निर्णय तत्काल खारेज गरिनुपर्ने माग गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad