समाज


काभ्रेमा बाढीले बेपत्ता बनाएकी महिला अझै फेला परिनन्

काभ्रेमा बाढीले बेपत्ता बनाएकी महिला अझै फेला परिनन्

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १२:३१, काठमाडौँ

सोमबार अविरल वर्षापछि आएको बाढीमा बेपत्ता भएकी काभ्रेकी एक महिला अझै फेला परेकी छैनन्।     

पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा सोमबार साँझ आएको बाढीले स्थानीय ३५ वर्षीया रेनुका गिरीलाई बगाएर बेपत्ता बनाएको थियो। 

उनको खोजी कार्यको लागि विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको टोली आज बिहानैदेखि खटिएको छ। 

तर, उनलाई अझै फेला पार्न नसकिएको सशस्त्र प्रहरी वलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

खेतमा काम गरेर घर फर्कने क्रममा उनी बाढीमा बेपत्ता भएकी हुन्। 

प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल अस्थायी सुरक्षा बेश पनौतीबाट प्रहरी निरीक्षक भिमसेन केसीको कमाण्डमा खटिएको सुरक्षा फौजले खोजतलास जारी राखेको थापाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad