समाज


चीन, अस्ट्रेलिया र न्युजिल्यान्ड पुगेका वाइडबडी फर्किए

चीन, अस्ट्रेलिया र न्युजिल्यान्ड पुगेका वाइडबडी फर्किए

नेपालखबर
चैत २१, २०७६ शुक्रबार ६:४०,

मेडिकल सामग्री लिन चीनको ग्वान्झाओ तथा अस्ट्रेलिया र न्युजिल्यान्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन्।

ग्वान्झाओ गएको वाइडबडी त्यहाँबाट मेडिकल सामग्री लिएर आज बिहान २ः५७ बजे र अस्ट्रेलियाबाट आएको अर्को वाइडबडी जहाज गए राति ११ः१८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमका अपरेसन विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिए।

ग्वान्झाओबाट के–कति सामान ल्याइएको भन्ने यकिन जानकारी आएको छैन। मेडिकल सामग्री लिन निगमको कार्गो उडानको वाइडबडी जहाज बिहीबार बिहान ग्वान्झाओ उडेको थियो। यसअघि चैत १६ गते निगमकै वाइडबडी जहाजमार्फत ग्वान्झाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको छ।

त्यसैगरी बुधबार निगमको अर्को वाइडबडी जहाज चार्टर्ड उडानमार्फत अष्ट्रेलिया र न्यूजील्यान्डका नागरिक बोकेर मलेसिया हुँदै अष्ट्रेलियाको शहर ब्रिसवन पुगेको थियो। निगमले अष्ट्रेलिया गन्तव्यमा पहिलोपटक वाइडबडी जहाजले ऐतिहासिक उडान गरेको उल्लेख छ। निगमको लामो गन्तव्यको यो उडान झण्डै १३ घण्टाको थियो। हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad