समाज


महाकालीमा पौडी खेलेर नेपाल आएका तीन जना क्वारेन्टिनमा

महाकालीमा पौडी खेलेर नेपाल आएका तीन जना क्वारेन्टिनमा

नेपालखबर
चैत २१, २०७६ शुक्रबार ६:२,

भारतको पिथौरागढबाट घर फर्किएका आलिताल गाउँपालिका–३ कुलेडीका तीन जनालाई क्वारेन्टिनमा राखिएको छ। उनीहरूलाई आलिताल गाउँपालिकाले आफैँले निर्माण गरेको क्वारेन्टिनमा राखेको हो।

भारतको पिथौरागढमा ज्याला मजदुरी गर्दै आइरहेका आलिताल गाउँपालिका–३ कुलेडीका किरण डडाल, गोपाल डडाल र प्रकाश डडाललाई क्वारेन्टिनमा राखिएको हो।

विश्वभर कोरोनो भाइरसको महामारी फैलिँदै गएपछि कामकाज प्रभावित हुँदा ठेकेदारले उनीहरूलाई कामबाट निकालेको थियो। ठेकेदारले कामबाट निकालेर दुई हजार गाडी भाडा दिएर पठाएकामा तीन दिन लगाएर नेपालको सिमानासम्म आइपुगेको र नेपालमा भएको लकडाउनका कारण महाकाली नदीमा पौडी खेलेर नेपाल प्रवेश गरेको उनीहरूले बताए।

आलिताल गाउँपालिकाले १४ दिनको क्वारेन्टिनमा राखेको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ जानकारी दिए। उनीहरूको स्वास्थ्य स्थिति भने सामान्य रहेको आलिताल स्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्रीले जानकारी दिए।

ब्लडबैंकमा रगत अभाव
डडेल्धुरा रेडक्रस शाखाले सञ्चालन गरेको ब्लडबैंकमा रगत अभाव भएको छ। हालसम्म करिब आठ पिन्ट रगत मात्र मौज्दात रहेको रेडक्रस सोसाइटी डडेल्धुराका ब्लडबैंक इन्चार्ज गणेश ऐरले जानकारी दिए।

पहिले संकलित रगत सकिने अवस्थामा रहेको र अहिले रक्तदान हुन छाडेपछि रगत अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुराका मन्त्री डम्बर भण्डारीले बताए।

गाउँपालिकाको १० प्रतिशत छुट
डडेल्धुराको अजयमेरु गाउँपालिकाले बजार मूल्यको १० प्रतिशत छुटमा घरमै दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने निर्णय गरेको छ।

गाउँपालिका सदरमुकाम भद्रपुरमा बिहीबार बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए।

गाउँपालिकाका सबै बस्तीमा प्रत्येक घरधुरीका लागि दैनिक उपभोग्य सामग्री बजार मूल्यमा १० प्रतिशत छुट र ढुवानी छुटसहित उपलब्ध गराउने अध्यक्ष भट्टले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad