काठमाडौँ उपत्यका र यस आसपासका क्षेत्रमा शनिबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ।
शनिबार अपरान्ह ४. १५ बजे भक्तपुरको दूधपाटीलाई केन्द्र बनाएर भूकम्प गएको हो। खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाका अनुसार भक्तपुरलाई केन्द्र बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो।
भारी मात्रामा वर्षा भइरहेकै समयमा भूकम्प आएपछि उपत्यका बासी त्रसित बन्दै सडकमा निस्केका छन्।
भूकम्पबाट अहिलेसम्म कुनै क्षति भएको विवरण प्राप्त नभएको भूकम्प मापन केन्द्रले जनाएको छ।
२०७२ सालको वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर शक्तिशाली भूकम्प गएपछि परकम्पहरु आइराखेका छन्। शनिबार गएको भूकम्प त्यसैको पराकम्पन हो वा नयाँ हो भन्ने बारेमा भूकम्प मापन केन्द्रले केही बताएको छैन।

प्रतिक्रिया