खेल


कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षमा विष्ट

कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षमा विष्ट

नेपालखबर
असार २१, २०७६ शनिबार ९:४६,

कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षतामा विक्रम विष्ट चयन भएका छन्। संघको विशेष साधारण सभाबाट विष्ट निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।

शनिबार धनगढीमा भएको विशेष साधारण सभाबाट १५ सदस्यीय जिल्ला कार्य समिति पनि निर्विरोध छानिएको छ । संघको उपाध्यक्षमा बाबुराजा श्रेष्ठ सचिवमा देवनारायण झा र कोषाध्यक्षमा शम्भु लामिछाने चयन भएका छन् ।

त्यसैगरी संघको सदस्यहरुमा भरत जोशी, अनिलकुमार भुजानिया, रुपक विष्ट, गोविन्दराज जोशी, निरज थापा, लोकवहादुर खड्का, हरि रेग्मी, गणेश रजक, ज्ञानेन्द्र क्षेत्री, हेमराज जोशी र महेश बोहरा निर्विरोध चयन भएका छन् ।

आइसिसीले गठन गरेको स्वतन्त्र समितीले कैलालीमा पुनः नयाँ निर्वाचन गर्नुपर्ने आवश्यकता औल्याएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad