ad ad

समाज


कोरोना संक्रमित २ लाखभन्दा बढी मानिस उपचारपछि स्वस्थ

कोरोना संक्रमित २ लाखभन्दा बढी मानिस उपचारपछि स्वस्थ

नेपालखबर
चैत २०, २०७६ बिहिबार ११:११,

बिहीबारको तथ्यांकअनुसार हालसम्म कोरोनाले बिरामी परेका २ लाख २ हजार ६१३ जना उपचारपछि स्वस्थ बनेका हुन्।

विश्वका १ सय ९० भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिसकेको छ।

यस महामारीले विश्वलाई त्रसित बनाएको अवस्था छ। हाल विश्व नै ठप्प छ।

कोरोना संक्रमणको त्राससँगै विश्वभरका हवाई सेवा अवरुद्ध छन्, पर्यटन, उद्योग लगायतका क्षेत्र बन्दहुँदा विश्वले ठूलो आर्थिक मन्दीको सामना गरिरहेको छ।

बिहीबारसम्म कोरोनाका कारण ४८ हजार २८९ को कोरोनाका कारण मृत्यु भइसकेको छ। ९ लाख ५० हजार ६३८ जना भने कोरोनाका कारण बिरामी परेका छन्।

यसबीचमा कोरोनाको उपचारपछि मानिसहरु स्वस्थ बन्ने क्रम पनि उल्लेखनीय ढंगबाट बढिरहेको छ।

कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिका हो। त्यहाँ २ लाख १५ हजार ३ सय ३४ संक्रमित छन् भने ५ हजार ११२ को मृत्यु भइसकेको छ। उपचारपछि भने ८ हजार ८७८ जना स्वस्थ भएका छन्।

यस्तै इटलीमा १६ हजार ८४७ उपचारपछि स्वस्थ हुँदा, स्पेनमा २६ हजार ७४३ उपचारपछि स्वस्थ भएका छन्।

चीनमा हालसम्म ७६ हजार ४०८ उपचापछि स्वस्थ भएका छन्। चीन आफ्ना कोरोना संक्रमित बिरामी उपचार गर्न सबैभन्दा सफल देखिएको हो।

जर्मनीमा पनि हालसम्म १९ हजार १७५ उपचारपछि स्वस्थ बनेका छन्। फ्रान्समा १० हजार ९३५ उपचारपछि स्वस्थ हुँदा इरानमा १६ हजार ७११ उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .