जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा उप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बुधबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो।
यसअघि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने रायसहित फायल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको भए पनि महान्यायाधिवक्ताले मुद्दा चलाउने निर्णय गरेका थिए।
महान्यायाधिवक्ताको निर्णयपछि अभियोग पत्र दायर गरेको हो।
गणेशमान सिंहकी छोरी रीता (७१ वर्ष) नेपाल बाल संगठनको तत्कालीन अध्यक्ष थिइन्।
यस्तै तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, तत्कालीन महासचिव गणेश भक्त श्रेष्ठ, तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमितिका संयोजक कृष्ण शंकर साह, बाल संगठनका तत्कालीन अख्तियार प्राप्त महासचिवद्वय श्यामकुमार आले र सुवास कुमार पोखरेललाई पनि प्रतिवादी बनाइएको छ। पोखरेल कांग्रेस नेता हुन्।
उनीहरुले ठगी गरी नेपाल बाल संगठनलाई ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ ५ पैसा नोक्सानी पुर्याएको भन्दै सोही बराबर बिगो कायम गरिएको छ।
अपराध संहिता २०७४ को दफा २४९ अनुसार कसुर पुष्टि भएमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
यो पनि-
Shares

प्रतिक्रिया