समाज


केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी थापालाई

केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी थापालाई

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १३:४३, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश  थापालाई दिएको छ। 

प्रहरी महानिरीक्षक दीपक थापाको सचिवालयमा कार्यरत थापालाई बुधबार प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

प्रहरीका काम कारबाहीको यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्न थापालाई प्रवक्ता तोकिएको सचिवालयले उल्लेख गरेको छ। 

यसअघिका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश आचार्य गण्डकी प्रदेशमा सरुवा भएका छन्। 

हाल प्रहरी महानिरीक्षकको सचिवालयमा डीआईजी नरहेकाले एसएसपी थापाले प्रवक्ताको जिम्मेवारी पाएका हुन्। नेपाल प्रहरीमा १० जना डीआईजी रिक्त भए पनि बढुवा सिफारिस हुन सकेको छैन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad