राजनीति


जनतालाई गणतन्त्रको सन्देश दिनेगरी सुशासन र समृद्धिको लागि साझा संकल्प गरौँ : सांसद मैनाली

जनतालाई गणतन्त्रको सन्देश दिनेगरी सुशासन र समृद्धिको लागि साझा संकल्प गरौँ : सांसद मैनाली

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १३:४०, काठमाडौँ

नेकपा (एमाले)का सांसद अच्युत मैनालीले लोकतान्त्रिक गणतन्त्रको सन्देश दिने गरी सुशासन र समृद्धिको लागि साझा संकल्प गर्नुपर्ने बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले काठमाडौँको बागमती फोहोर भए पनि सर्लाहीमा पुग्दा नुहाउन योग्य हुने र सीमामा पुग्दा पिउन योग्य हुने उदाहरण दिँदै लोकतन्त्र पनि बगिरहेको पानी रहेको बताए।

‘लोकतन्त्र भनेको बगिरहेको पानी हो, काठमाडौँको बागमती आज यहाँ फोहोर छ, यो सर्लाही जिल्लामा पुग्दा सफा र नुहाउन योग्य हुन्छ भने बोर्डरमा पुग्दा पिउन योग्य हुन्छ,’ मैनालीले भने, ‘लोकतन्त्र भनेको बगिरहेको पानी जस्तो हो, जो आफैँमा फिल्टर भएर जान्छ। कोही मन परेको छैन भने जनताले निर्वाचनमा आफ्नो जनादेश दिन सक्छन्, के कथित राजतन्त्रमा यो सम्भव छ?’ 

उनले थपे, ‘यो प्राप्त लोकतान्त्रिक गणतन्त्रको जनतालाई सन्देश दिने गरी सुशासन र समृद्धिको लागि र सुखी नेपाली निर्माण गर्नको लागि राष्ट्रिय र साझा संकल्प गरौँ।’

मैनालीले मुलुकलाई समृद्ध बनाउन प्राकृतिक स्रोत र सम्पदाहरूको सदुपयोग गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे।
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad