समाज


प्रदीप नेपालको निधन

प्रदीप नेपालको निधन

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १६:३९, काठमाडौँ

बामपन्थी नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन भएको छ।

मंगलबार उनको नर्भिक अस्पतालमा निधन भएको हो। स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सोमबार उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो। 

उपचारकै क्रममा मंगलबार दिउँसो मृत्यु भएको जानकारी पाएको एकीकृत समाजवादीका नेता मोहन गौतमले जानकारी दिए।

पार्किन्सन रोगबाट पीडित नेपाल एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीमा खुलेका थिए। तर, पछिल्लो समय स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि निस्क्रिय रहेको गौतमले बताए। 

‘उहाँ एकीकृत समाजवादीको नेता हुनुहुन्थ्यो, तर, स्वास्थ्यअवस्था नाजुक भएपछि निस्क्रिय हुनुभयो,’ गौतमले भने।

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत बनेका नेपाल ०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्री बनाइएका थिए।
 
नेपालले ‘सञ्जय थापा'काे नामबाट प्रगतिशील साहित्यमा कलम चलाउने  गर्थे। उनका ‘बाघमारेको लालसलाम’, ‘देशको खोजी’, ‘पाइला छाडेर अस्ताएको घाम’, ‘आमाको मन’, ‘सञ्जय थापाका कथाहरु’ लगायतका कृति प्रकाशित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad