समाज


संसद्‍मा रञ्जिताको माग– रेशम पक्राउको निष्पक्ष छानबिन होस्

संसद्‍मा रञ्जिताको माग– रेशम पक्राउको निष्पक्ष छानबिन होस्

फाइल तस्बिर


नेपालखबर
बैशाख २३, २०८२ मंगलबार ११:५३, नवलपुर (नवलपरासी)

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी पक्राउको निष्पक्ष छानबिनको माग गरेकी छिन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एउटा व्यक्तिको रिसीबीलाई कानुनभन्दा माथि राखिएको भन्दै त्यसको गहिरो अध्ययन हुनुपर्नेमा समेत जोड दिइन्।

‘कसरी राज्यका संयन्त्रहरुले एक व्यक्तिले व्यक्तिको रिसिबीलाई कानुनभन्दा माथि राख्छन्,’ श्रेष्ठले भनिन्,  ‘यो घटनाको गहिरो अध्ययन होस्। यो केवल एकजनाको गिरफ्तारी होइन, संघीयता, समावेशीता र लोकतन्त्रप्रतिको आस्थामा चोट लागेको छ।’ 

उनले थपिन्, ‘वैशाख १७ गते भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस्। हामी जवाफको प्रतिक्षमा छौँ।’ 

आफूहरु सरकारमै रहेको भन्दै एउटा जनप्रतिनिधि भइसकेको, पार्टीको संरक्षक यसरी कार्यक्रम स्थलबाटै कसरी पक्राउ हुन्छन् भन्दै उनले प्रश्न समेत गरिन्।

‘म सरकारमै छु। हामी सत्ता पक्षमै छौँ, तर, लोकतन्त्रको मुल आत्मा भनेको सत्यको पक्षमा उभिनु हो,’ श्रेष्ठले भनिन्, ‘तर, म सरकारसँग प्रश्न गर्न चाहन्छु- कसरी एक निर्वाचित प्रतिनिधि कार्यक्रमस्थलबाटै यस्तो तवरबाट पक्राउ पर्छन्।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad