समाज


कोसी, मधेस र बागमतीका केही जिल्लामा मेघ गर्जनसहित वर्षा

लुम्बिनी, कर्णाली र सुदुरपश्चिमको माैसम बदली
कोसी, मधेस र बागमतीका केही जिल्लामा मेघ गर्जनसहित वर्षा

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार ८:१४, काठमाडौँ

आज (मंगलबार) बिहान कोसी, मधेस र बागमती प्रदेशका केही जिल्लामा वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसीको झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर लगायतका जिल्लामा गएराति र मंगलबार बिहान वर्षा भएको हो।

त्यसैगरि मधेसको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र बागमतीको सिन्धुली लगायतका जिल्लामा पनि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोसी, मधेस र बागमती प्रदेशका केही जिल्लामा अहिले पनि मेघ गर्जन र चट्याङसहित पानी परिरहेको छ। 

साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पनि एकदुई स्थानमा अहिले मेघ गर्जन चलिरहेको महाशाखाले जनाएको छ। यो पानी पर्ने प्रणाली उत्तरपूर्वतिर सर्दै गइरहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ। 

गएराति काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको छ। आज पनि धेरै जिल्लामा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। 

मौसमविद्का अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव नेपालको मौसम प्रणालीमा परेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad