समाज


तीनकुने क्षेत्रमा आगजनी र तोडफोड गर्ने थप एकजना पक्राउ

तीनकुने क्षेत्रमा आगजनी र तोडफोड गर्ने थप एकजना पक्राउ

नेपालखबर
बैशाख २२, २०८२ सोमबार १७:४४, काठमाडौँ

काठमाडौँको तीनकुने क्षेत्रमा चैत १५ गते आगजनी तथा तोडफोड गर्ने थप एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नुवाकोटको लिखु गाउँपालिका ३ घर भई हाल काठमाडौँ महानगरपालिका ७ बस्ने ७२ वर्षका खेमराज सेढाईलाई पक्राउ गरेको हो। 

अझै केही व्यक्ति फरार रहेको र उनीहरुको पनि खोजि भइरहेको प्रहरीले जानकारी दिएको छ। तीनकुने घटनामा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र उक्त प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसहित ८५ जनाभन्दा बढी हिरासतमा छन्। उनीहरुलाई थुनामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। 

२५ जनालाई राज्यविरुद्धको कसुरसहितका मुद्दामा र बाँकीलाई आपराधिक उपद्रवमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad