कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएका सल्यानका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ (कोरोना संक्रमण नभएको) आएको छ।
बनगाड कुपिण्डे नगरपालिका-१२ निगाल्चुलाका दुई र छत्रेश्वरी गाउँपालिका-१ दमाचौरका एक जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएको थियो।
टेकुमा परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो। तीनै जनालाई उच्च ज्वरो देखिएपछि उनीहरुको स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको सल्यान अस्पतालका प्रमुख डा.अर्जुन बुढाले जानकारी दिए।
उनीहरूको जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो।।
कामको सिलसिलामा भारत गएका उनीहरु यही चैत १० गते फर्किएका थिए।
बनगाड कुपिण्डे-१२ निगाल्चुला माझखर्कका एक पुरुषलाई उच्च ज्वरो देखिएपछि उहाँकी श्रीमतीसहितलाई सल्यान अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो।

प्रतिक्रिया