समाज


यौन उत्पिडन सावित गर्न अश्लिल कल रेकर्ड सार्वजनिक गर्ने महिला पक्राउ

यौन उत्पिडन सावित गर्न अश्लिल कल रेकर्ड सार्वजनिक गर्ने महिला पक्राउ

नेपालखबर
असार २१, २०७६ शनिबार ७:५९,

नुरिल मकनुन नाम गरेकी महिलाले विद्यालयका प्रधानाध्यापकले आफूमाथि यौन उत्पिडन गरेको भन्दै अश्लिल कल रेकर्ड सार्वजनिक गरेकी थिइन्।

उनीमाथि सर्वोच्च अदालतले ६ महिनाको जेल सजाय तोकिदिएको हो। अदालतले अश्लिल सामाग्री प्रसारण गरेका कारण महिलालाई जेल सजाय तोकेको बताएको छ।

उक्त कल रेकर्ड सामाजिक संजालमा भाइरल भएपछि प्रधानाध्यापकले प्रहरीलाई उजुरी दिएका थिए।

मानव अधिकारवादी समूहले भने सर्वोच्चको फैसलाको आलोचना गरेको छ।

नुरिल माताराम शहरकी शिक्षिका थिइन्। उनले विद्यालयका प्रधानाध्यापकले आफूमाथि अश्लिल कल गरेको बताएकी थिइन्।

बीबीसीका अनुसार उनको कल रेकर्डमा अश्लिल कुराहरु गरिएका छन्। प्रधानाध्यापकले उनलाई गाली गरेको सुनिएको छ।

अदालतका अनुसार दोषी प्रधानाध्यापक या नुरिल जो भएपछि अश्लिल सामाग्री प्रसारण गर्दा त्यसले कानुनलाई उल्लंघन गरेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad