नेपाल विद्युत् प्राधिकरणले लेखा समूहतर्फ दसौँ तहको लागि एकजना सह निर्देशक माग गरेको छ।
आयोगले आज सूचना जारी गरेर योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्ननातकोत्तर तह उत्तीर्ण र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा सात वर्षको कार्यानुभव वा सीए उत्तीर्ण र अधिकृत स्तरको पदमा सात वर्षको कार्यानुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि आगामी जेठ १५ गतेसम्म निवेदन दिन सक्नेछन्। परीक्षाको किसिम लिखित, प्रस्तुतिकरण र अन्तर्वार्ता हुने सूचनामा उल्लेख छ।
हेर्नुहाेस् सूचना


165
Shares

प्रतिक्रिया