समाज


आन्दोलन सफल भएपछि अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन समीक्षा गर्दै शिक्षक महासंघ

आन्दोलन सफल भएपछि अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन समीक्षा गर्दै शिक्षक महासंघ

शिक्षक-सरकारबीच बुधबार भएको वार्ता


नेपालखबर
बैशाख १८, २०८२ बिहिबार १०:६, काठमाडौँ

आन्दोलन सफल भएपछि प्रफुल्ल नेपाल शिक्षक महासंघले आज (मे १) मा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना आदानप्रदानसहित समीक्षा कार्यक्रम गर्ने भएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले काठमाडौँमा उपलब्ध शिक्षक–कर्मचारीको सहभागितामा दिउँसो १२ बजे छलफल र समीक्षा गर्न लागिएको जानकारी दिए।

विश्व अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना आदानप्रदानसहितको सो कार्यक्रम रत्नराज्य मावि बानेश्वरमा गरिने उनले बताए।

विद्यालय शिक्षा ऐन जारी गरिनुपर्ने मुख्य मागसहित चैत २० देखि काठमाडौँमा निरन्तर आन्दोलन गरिरहेका शिक्षक र सरकाबीच बुधबार नौबुँदे सहमति भएसँगै शिक्षक महासंघले विरोधका सबै कार्यक्रम स्थगन गरिएको जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad