ललितपुरको बाँडेगाउँमा सुधार गृहमा राखिएका व्यक्तिको मृत्यु भएपछि प्रहरीले सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ।
सिन्धुपाल्चोकका ४८ वर्षीय दावा घिसिङको शनिबार राति मृत्यु भएपछि अनुसन्धानका लागि सञ्चालक र अरु दुई जनालाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए।
पक्राउ परेका अरु दुई जना घिसिङलाई मोटरसाइकलमा राखेर उपचारका लागि अस्पताल लैजानेहरु हुन्। मृतकको औँलामा सामान्य चोट देखिएपनि अन्य चोटहरु भने देखिएको छैन।
रक्सीको कुलतमा रहेका घिसिङलाई तीन दिन पहिले मात्रै परिवारले उक्त सुधार गृहमा राखेका थिए। त्यसअघि पहिले पनि त्यही सुधार गृहमा राखेर परिवारले घर लगेका थिए। पुन कुलतमा परेपछि ल्याएको प्रहरीले जानकारी दिएको छ।
तर शनिबार राति सुधारगृहमै ढलेपछि उपचारका लागि अस्पताल लग्ने क्रममा उनको मृत्यु भएको सुधार गृहका सञ्चालकको दाबी छ। परिवारले भने उनको मृत्यु नभई हत्या भएको आरोप लगाएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको हो। यद्यपी अहिलेसम्म प्रहरीलाई जाहेरी दिइसकेका छैनन्।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ। पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने भएकाले त्यसपछि थप अनुसन्धान हुने एसएसपी अधिकारीले नेपालखबरलाई बताए।
Shares

प्रतिक्रिया