राजनीति


चालु अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक पारित हुनुपर्छः शशांक

चालु अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक पारित हुनुपर्छः शशांक

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १६:६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले चालु अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताएका छन्।

आइतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। 

उनले शिक्षकहरूसँग अहिले वार्ता भइरहेको र के निर्णय हुन्छ भन्नेबारेमा पर्खिनुपर्ने बताए।
शिक्षकका माग पूरा हुनुपर्नेमा कांग्रेस सकारात्मक रहेको नेता कोइरालाको भनाई थियो।

उनले भने, ‘शिक्षकहरुसँग वार्ता भइरहेको छ। के निर्णय हुन्छ मलाई थाहा छैन। वार्ता भइरहेको छ। यो अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पास हुनुपर्छ। हामी पोजिटिभ दृष्टिकोण राख्छौँ।’

गतको चैत्र २५ गतेदेखि शिक्षकहरूले विद्यालय शिक्षा विधेयकको माग गर्दै प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad