समाज


सप्तरीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, ६ घाइते

सप्तरीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, ६ घाइते

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १४:५५, काठमाडौँ

सप्तरीको कंचनरुप नगरपालिका–१० बदगामा स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ।

दुर्घटनामा छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र१–०१–००१ ख ३४२० नं. को यात्रु बाहक बस आफैँ अनियन्त्रित भई पल्टिएको थियो।

मृतक पुरुष र महिला एक/एक जना छन्। बसले च्यापेको अवस्थामा भेटिएका महिला र पुरुषको शव गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको छ।

उनीहरूको पहिचान खुल्न बाँकी छ।

यी हुन् घाइते
१) जिल्ला सप्तरी सप्तकोशी नपा१ बस्ने अन्दाजी वर्ष २१ को सुबेता दाहाल अवस्था मध्यम। धर्मेश्वर अस्पतालमा उपचार भइरहेको।
२) जि. झापा बस्ने मनोज भट्टराईको शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम। धर्मेश्वर अस्पतालमा उपचार भइरहेको।
३) ऐ.ऐ. बस्ने मिना भट्टराईको शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम। धर्मेश्वर अस्पतालमा उपचार भइरहेको।
४) जि. सप्तरी सप्तकोशी नपा १ बस्ने अं. वर्ष २६ को चेतना भट्टाईको शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम। धर्मेश्वर अस्पतालमा उपचार भइरहेको।
५) तत्काल नाम थर वतन नखुलेको अं. ७५ को पुरुषको अवस्था गम्भीर। गोल्डेन अस्पताल विराटनगरमा पठाइएको।
६) जि. उदयपुर चौदण्डीगडी नपा ५ बस्ने अं. ५९ की कमला भुसालको शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम। नगर अस्पतालमा उपचार भइरहेको अवस्था मध्यम।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad