ad ad

समाज


अमेरिकामा दुई मिनेटमै कोरोना परीक्षण गर्ने किट प्रयोग गर्न दिइयो अनुमति

अमेरिकामा दुई मिनेटमै कोरोना परीक्षण गर्ने किट प्रयोग गर्न दिइयो अनुमति

नेपालखबर
चैत १९, २०७६ बुधबार ७:२६,

अमेरिकी स्वास्थ्य विभाग अन्तर्गत खाद्य र औषधि प्रशासन ‘एफडीए’ले कोरोना भाइरस दुई मिनेटमै परीक्षण गर्ने किट प्रयोगमा ल्याउन अनुमति दिएको हो।

बडिस्फियर कम्पनीले उक्त परीक्षण किट निर्माण गरेको हो। जसले मानिसको शरीरमा भाइरस छ या छैन भनेर दुई मिनेटमै नतिजा दिनेछ।

अमेरिकामा कोरोना संक्रमित र मृतक दर तीव्र गतिमा बढ्दै गएको समयमा अमेरिकी वैज्ञानिकहरले कोरोना भाइरसको परीक्षण नतिजा छिटो दिनसक्ने प्रविधि तयार पारेका हुन्।

New TWO-MINUTE coronavirus test is approved by FDA and will help ...

बडिस्फियरको यस कोरोना परीक्षण गर्ने किट अमेरिकामा कोरोना नियन्त्रण गर्न कोशेढुंगा सावित हुने विश्लेषण गरिएको छ।

यसै हप्तादेखि सोही परीक्षण किटको सहयोगमा अमेरिकाले दैनिक ५० हजार कोरोना परीक्षण गर्ने लक्ष्य राखेको छ।

अमेरिकामा हालसम्म १ लाख ८८ हजार ५९२ कोरोनाले बिरामी परेका छन्। त्यहाँ हालसम्म ४ हजार ५५ को मृत्यु भइसकेको छ।

यसअघि अमेरिकामा ५ मिनेटमै कोरोना परीक्षणको नतिजा दिने प्रविधिलाई पनि सरकारले स्वीकृति दिएको थियो।

एबोट ल्याबेरोटोरीले उक्त प्रविधिको निर्माण गरेको थियो। जसको अमेरिकी राष्ट्रपति ट्रम्पले पनि प्रशंसा गरेका थिए। द सन

medical - SlashGear

एबोट ल्याबेरोटोरीले निर्माण गरेको किट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .