शिक्षकका प्रतिनिधि हिँडेपछि पास बोकेर शिक्षा मन्त्रालयका सहसचिव र डीएसपी सिंहदरबारको गेटमा पुगेका छन्। आज नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले २४ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए। ३ बजे बस्ने भनिएको वार्ताका लागि केहीबेरअघि सिंहदरबार गेटमा पुगेका शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितलाई प्रवेश अनुमति दिइएन। प्रवेश अनुमति नदिएपछि त्यहाँबाट निस्किएको अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानुभाइ कार्कीले नेपालखबरलाई जानकारी दिए।
'हामी सधैँझैँ शिक्षा मन्त्रालय जानका लागि आफ्नो परीचय खुल्ने कागजातसहित गएका थियौँ,' उनले नेपालखबरसँग भने, 'तर आज तपाईंहरू आन्दोलनबाट आउनु भएको हो प्रवेशका लागि अनुमति छैन भने गेटबाटै फर्काइयो। हामी त्यहाँबाट फर्किएर आन्तरिक बैठकमा छौँ।'
यता गृहमन्त्रालय स्रोतले भने अहिले शिक्षा मन्त्रालयका सहसचिव र सिंहदरबारका नेपाल प्रहरीका डीएसपी नै २५ जनाको पास लिएर सिंहदरबार गेटमा पुगेको बताएको छ।
'यसअघि गेटमा नाम टिपाउन बाँकी थियो उहाँहरू आइसक्नुभएछ। पछि शिक्षामन्त्रालयका सहसचिव र सिंहदरबारका डीएसपी गेटमा पास लिएर पुगिसक्नु भएको छ।'
सिंहदरबार प्रवेश पास नदिएपछि भाँडियो शिक्षक-सरकार वार्ता
शिक्षामन्त्रीसँग वार्ता गर्न महासंघ अध्यक्ष सुवेदीको नेतृत्वमा २५ जनाको टोली सिंहदरबारमा
Shares

प्रतिक्रिया