बिहीबार मध्याह्नदेखि एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो। भिडिओ थियो एक व्यक्तिमाथि बर्दीधारी ट्राफिक प्रहरीले लात्ती हान्दै मरणासन्न हुने गरी कुटपिट गरेको।
सार्वजनिक भिडिओमा ट्राफिक प्रहरीले एक व्यक्तिमाथि लात्तीले हान्दै गर्दा छेवैमा भएका अरु ट्राफिक भने मुकदर्शन बनेको देखिन्छ। भाइरल भिडिओ भने गत मंसिर २३ गतेको भएको पुष्टि भएको छ।
घटनाबारे काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले घटनाबारे थाहा पाइसकेको र छानबिन अघि बढाइएको बताए।
'यो थाहा पाइसक्यौँ। छानबिन गर्दैछौँ। जनसेवाको घटना हो,' उनले नेपालखबरसँग भने, 'छानबिनपछि के हुन्छ। थाहा हुन्छ। घटना ८ महिना २३ गतेको हो।'
282
Shares

प्रतिक्रिया