एक साताअघि सर्मिला वाइवा भन्ने शर्मिला राईलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
वाइवालाई फलामको रड प्रहार गरी गम्भीर घाइते बनाएको जाहेरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका ३ की ३५ वर्षकी शर्मिला श्रेष्ठ भन्ने शर्मिला राई र भक्तपुरको चाँगुनारायण नगरपालिका ८ का ४२ वर्षका बाबु भन्ने कुवेर सिलवाल रहेका छन्।
शर्मिलालाई ललितपुरको महालक्ष्मी नगरपालिका ४ बाट र सिलवाललाई भक्तपुरको चाँगुनारायण नगरपालिका ८ बाट पक्राउ गरेको अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए।
उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वरमा पठाइएको छ। उनीहरूमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान अगाडी बढाइएको छ।
उनीहरूले वैशाख ३ गते कुटपिट गर्दा शर्मिला वाइवाको टाउको फुटेको छ। उनको उपचार भइरहेको छ।
Shares

प्रतिक्रिया