समाज


निर्माणाधीन सडकको भिडिओ निर्माण व्यवसायीले हटाउन लगाए

निर्माणाधीन सडकको भिडिओ निर्माण व्यवसायीले हटाउन लगाए

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १४:५४, काठमाडौँ

राष्ट्रिय समाचार समितिका पत्रकार पूर्णप्रसाद मिश्रलाई समाचार संकलनका क्रममा निर्माण व्यवसायी संघको प्रतिनिधि बताउने एक व्यक्तिले दुर्व्यवहार गरेकोमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

यही वैशाख ९ गते मंगलबार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित कोलमोतेश्वमा निर्माणाधीन सार्वजनिक सडकको तस्वीर खिँचेपछि महासंघ रासस प्रतिष्ठान शाखाका सदस्यसमेत रहेका मिश्रलाई ती व्यक्तिले धम्क्याउँदै खिचेको सामग्री हटाउन दबाब दिएको महासंघको भनाई छ।

‘पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि भएको यो व्यवहारलाई महासंघले अत्यन्त आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी कदमको रुपमा लिएको छ’ महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी भनेका छन्, ‘महासंघ यस्तो हर्कतमा संलग्न जो कोही भए पनि तत्काल कानुनी कारबाही गरी पत्रकारलाई निर्वाध र निर्धक्क भएर सञ्चारकर्ममा जुट्ने वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग माग गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad