समाज


पूर्वप्रहरी महानिरीक्षक दुर्लभकुमार थापाको निधन

पूर्वप्रहरी महानिरीक्षक दुर्लभकुमार थापाको निधन

नेपालखबर
बैशाख १०, २०८२ बुधबार ८:५६, काठमाडौँ

नेपाल प्रहरीका पूर्व महानिरीक्षाक दुर्लभकुमार थापाको निधन भएको छ। 

९७ वर्षीय थापाको मंगलबार निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  

विसं २०३५ देखि ०३९ सम्म उनी नेपाल प्रहरीको महानिरीक्षक भएका थिए। उनकै अग्रसरतामा आईजीपी निवासको निर्माण, कमान्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गणको स्थापना भएको थियो। 

प्रहरी महानिरीक्षक दीपक थापाले संगठनका तर्फबाट पूर्वमहानिरीक्षक थापको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad