समाज


प्रगतिशील प्राध्यापक संगठनको ११औँ सम्मेलन वैशाख ८ गतेदेखि

प्रगतिशील प्राध्यापक संगठनको ११औँ सम्मेलन वैशाख ८ गतेदेखि

नेपालखबर
बैशाख ७, २०८२ आइतबार २१:३४, काठमाडौँ

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ सम्मेलन यही वैशाख ८ र ९ गते हुने भएको छ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित स्मृति भवनमा हुने सम्मेलनमा विभिन्न विश्वविद्यालहरूमा रहेका समस्याबारे छलफल हुनुका साथै तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिने जनाइएको छ।

संगठनका उपाध्यक्ष डा तिलक भुसालले ‘पेसागत सुरक्षा र आत्मसम्मान, अनुसन्धानमूलक र गुणस्तरीय शिक्षा हाम्रो अभियान’ भन्ने मूल भावका साथ सुरु हुने सम्मेलनमा देशभरका करिब सात सय प्रतिनिधिको सहभागिता रहने जानकारी दिए। सम्मेलनमा विश्वविद्यायलयलाई पारदर्शी, प्रतिस्पर्धी, विद्यार्थी तथा अभिभावकमैत्री बनाउने विषयका साथै विश्वविद्यालयको छाता ऐन निर्माणका लागि जोड दिइने उनले बताए।

‘सम्मेलनमा सबै विश्वविद्यालयलाई समेट्ने गरी एकीकृत छाता ऐन निर्माण, आंशिक र करार सेवामा कार्यरत प्राध्यापकहरूको समस्या, पदोन्नति, वृत्तिविकास, पेन्सनलगायत व्यवस्थाबारे गम्भीर छलफल हुनेछ’, उपाध्यक्ष डा भुसालले भने।

सङ्गठनका सचिव देवराज अर्यालले विश्वविद्यालयलाई प्राज्ञिक थलोको रूपमा विकास, हाल देखिएका समस्याको दिगो समाधान, सामुदायिक क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरूको स्तर निर्धारण गर्न सङ्गठन प्रतिबद्ध रहेको र यसमा सम्मेलनले महत्वपूर्ण निर्णय गर्ने बताए।

विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतालाई कायम राखी उच्च शिक्षालाई अन्तरराष्ट्रियस्तरको बनाउन विश्वविद्यालय शैक्षिक प्रणाली र संरचनागत सुधार गर्नतर्फ सङ्गठनले आवश्यक पहल कदमी लिने उनको भनाई छ।

सङ्गठनमा त्रिविलगायत विश्वविद्यालय र अन्तर्गतका आंज्ञिक एवं सम्बन्धन प्राप्त क्याम्पसमा कार्यरत प्राध्यापकसहित करिब १० हजार जना आबद्ध रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad