आज आइतबार राति देशभर विभिन्न स्थानमा मौसम बदली हुने भए पनि तीनवटा प्रदेशमा मात्र हिमपात र वर्षाको सम्भावना देखिएको छ।
मौसम पूर्वानमान महाशाखाले आज साँझ ६ बजे जारी गरेको प्रक्षेपणअनुसार राति कोसी गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा हिमपात र वर्षा हुने सम्भावना देखिएको हो।
हेर्नुहोस् विस्तृत विवरण:
कोसी प्रदेश: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाड र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
मधेस प्रदेश: तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ। वर्षाको सम्भावना छैन।
बागमती प्रदेश: मौसम बदली भए पनि हिमपात तथा वर्षाको सम्भावना छैन।
गण्डकी प्रदेश: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराईमा छैन।
लुम्बिनी प्रदेश: मौसम बदली भए पनि हिमपात तथा वर्षाको सम्भावना छैन।
कर्णाली प्रदेश: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम प्रदेश: कतै कतै मौसम बदली भए पनि वर्षा तथा हिमपातको सम्भावना छैन।
Shares

प्रतिक्रिया