राजनीति


रिहा भएपछि लिङ्देनले भने– आन्दोलन निरन्तर चल्छ

रिहा भएपछि लिङ्देनले भने– आन्दोलन निरन्तर चल्छ

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १९:३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन निरन्तर चल्ने बताएका छन्।

आइतबार सिंहदरबारमा  प्रदर्शनका क्रममा पक्राउ परेपछि रिहाइ भएलगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेताहरु रिहा नभएसम्म पार्टीले निरन्तर आन्दोलन गर्ने उल्लेख गरे।

उनले भने, ‘रिहाइ नभएसम्म निरन्तर यस प्रकारको आन्दोलनमा रहन्छौँ। भोलिको कुरा भोलि नै भन्छौँ।’ 

सिंहदरबारभित्र प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाही लगायत ७ जनालाई पक्राउ गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad