चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा सहभागी भइ पक्राउ परेका सन्तोष राजावादीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सन्तोष राजावादी भनेर चिनिने ३४ वर्षीय सन्तोष कुमार सिलवाललाई शुक्रबार मध्यराति कोटेश्वरको महादेवस्थानबाट पक्राउ गरेको थियो।
उनी राजसंस्था पुर्नस्थापनाका लागि आन्दोलन भन्दै नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समितिले चैत १५ गते आयोजना गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको प्रहरीको भनाइ छ।
51
Shares

प्रतिक्रिया