आइतबार बिहान जम्मु-कस्मिरको रामवन जिल्लाका धेरै क्षेत्रमा भारी वर्षापछि आएको बाढीका कारण ३ जनाको मृत्यु भएको छ।
रामवनका उपायुक्त बसिर उल हक चौधरीले बाढीका कारण तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार मृतकमा २ बालबालिका र १ वृद्ध छन्।
उनले भने, ‘उद्धार सम्पन्न भएको छ र करिब २५० जनालाई सुरक्षित स्थानमा ल्याइएको छ।’
रामवनको धर्मकुण्ड गाउँमा अचानक आएको बाढीका कारण करिब ४० घरमा क्षति पुगेको छ भने दश घर पूर्ण रूपमा ध्वस्त भएका छन्।
निरन्तर वर्षाका कारण जम्मु-श्रीनगर राष्ट्रिय राजमार्गमा नसरीदेखि बनिहालसम्म झन्डै दर्जन स्थानमा पहिरो गएका छन्।
जसका कारण राजमार्गमा सवारीसाधन आवागमन अस्थायी रूपमा रोकिएको छ।
हेर्नुहोस् ६ तस्बिर-






120
Shares

प्रतिक्रिया