समाज


लकडाउनका बेला काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमै अव्यवस्थित भीड (भिडियाे)

लकडाउनका बेला काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमै अव्यवस्थित भीड (भिडियाे)

नेपालखबर
चैत १८, २०७६ मंगलबार १०:२८,

काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा सरकारले लागु गरेको दुई हप्ते लकडाउनका अवधिमा सवारी साधन सञ्चालनका लागि पास वितरण गर्दा निकै अव्यवस्थितरुपमा गरेको पाइएको छ।

काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा मंगलबार पास लिन आउनेहरुको निकै ठूलो भीड र कार्यालय परिसर अस्तव्यस्त देखियो।

पहिलो चरणको एकहप्ते लकडाउन अवधिभर सञ्चालन गर्न दिइएको पासको म्याद सकिएकाका कारण मंगलबार पास लिन आउनेहरुको भीड बढेको थियो।

तर न्युनतम सामाजिक दूरी कायम गराउने सवालमा भने प्रशासनले पहल गरेको देखिएन।

प्रशासनबाट खटिएका अधिकारीले समुहसमुहमा भेला भएकालाई नाम बोलाउँदै पास वितरण गरिरहेको थियो।

लकडाउनको समयमा अत्यावश्यक क्षेत्रका कर्मचारी र सवारीसाधनलाई आवागमन सहज पार्न भन्दै सरकारले क्षेत्र अनुसार पास वितरण गर्ने निकाय तोकेपछि पास लिनेहरुको भीड ह्वात्तै बढेको हो।

जिल्ला प्रशासन कार्यालयले आकस्मिक सवारी पास मात्रै दिने भनिए पनि विभिन्न क्षेत्रका व्यक्तिहरु पनि पास लिन सोहि कार्यालय पुगेका देखिन्थे।

बैक तथा वित्तीय संस्थाका कर्मचारीका लागि नेपाल राष्ट्र बैकले, राष्ट्रसेवक कर्मचारीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयल र खाद्यवस्तु लगायत दैनिक उपभोग्य वस्तुहरु ढुवानी वा आपूर्ति गर्ने फार्म तथा प्रतिष्ठानहरुका लागि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट सवारी पास वितरण गर्ने व्यवस्था मिलाएपछि सवारी साधनको पास लिने र सञ्चालन गर्नेहरुको भीड सडकमा झन् बढेको छ।

लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनैपनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारीक रुपमा सरकारबाट भएको आदेश हो।

तर पहुँचका आधारमा पास लिने तथा विनापास सवारी साधन लिएर सडकमा आउनेहरुको संख्या पनि बढीरहेका कारण लकडाउनको प्रभावकारिता माथि नै बेलाबेला प्रश्न उब्जिएको छ।

भिडियाे:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .