ad ad

समाज


नयाँ अध्ययन भन्छः ५० कटेपछि कोरोनाको जोखिम ह्वात्तै बढ्छ

नयाँ अध्ययन भन्छः ५० कटेपछि कोरोनाको जोखिम ह्वात्तै बढ्छ

नेपालखबर
चैत १८, २०७६ मंगलबार १०:२२,

चीनमा कोरोना भाइरस संक्रमितमा गरिएको पहिलो विस्तृत अध्ययनले आधा उमेर नाघेपछि बिरामीहरुमा जोखिम बढ्ने देखाएको छ।

सो विस्तृत अध्ययनले संक्रमितहरुमा मृत्युदर १.३८ प्रतिशत रहेको देखाएको छ।

यसअघि नै उमेर बढ्दै जाँदा कोरोना संक्रमितको मृत्यु दर पनि बढ्ने देखिएको थियो। तर, त्यसको व्यवस्थित विश्लेषण भएको थिएन।

यो अध्ययनले १० वर्षमुनिका बालबालिकामा मृत्युदर ०.००१६ प्रतिशत मात्र रहने देखिएको छ भने ८० वर्षमाथि मृत्युदर ७.८ प्रतिशत पुग्ने देखिएको छ।

अध्ययनअनुसार १० देखि १९ वर्षबीचका संक्रमितमध्ये ०.०४ लाई मात्र अस्पताल भर्नाको आवश्यकता पर्छ। ४० देखि ५० वर्षबीचका संक्रमितमध्ये ४ प्रतिशतलाई अस्पताल भर्नापर्ने आवश्यकता देखियो। तर, ५० नाघ्नेबित्तिकै यो संख्यामा नाटकीय वृद्धि देखिएको छ।

५० देखि ६० वर्षबीचका संक्रमितमध्ये ८ प्रतिशतलाई अस्पतालको उपचार आवश्यक पर्छ।

‘हाम्रो विश्लेषणले अत्यन्त स्पष्ट रुपमा के देखाएको छ भने ५० नटेकाका भन्दा ५० नाघेका संक्रमितलाई अस्पताल भर्ना गर्नुपर्ने सम्भावना बढी हुन्छ। र, मृत्युको दर पनि बढ्दै जान्छ,’ यो अध्ययनका सहलेखक अजरा गानी भन्छन्।

यो अध्ययन ल्यान्सेट इन्फेक्सियस डिजिजेजमा प्रकाशित छ।

यो अध्ययन चीनमा संक्रमण पुष्टि भएका ७० हजार १ सय १७ तथा वुहानबाट फिर्ता लगिएका ६ सय ८९ जना संक्रमितको तथ्यांक विश्लेषणमा आधारित छ।

कोरोना संक्रमितको परीक्षणमा विभिन्न मुलुकले फरकफरक रणनीति अपनाएकाले मृत्युदरलगायतका तथ्यांक पत्ता लगाउन मुस्किल परेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .