समाज


७ वैशाखको राशिफल: कन्याको प्रेममा मधुरता छाउने, वृश्चिकको मन दुःखी हुने, तपाईँको के?

७ वैशाखको राशिफल: कन्याको प्रेममा मधुरता छाउने, वृश्चिकको मन दुःखी हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
बैशाख ७, २०८२ आइतबार ४:३१, काठमाडौँ

आज आइतबार, ७ वैशाख २०८२ (२० अप्रिल २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। परोपकारमा भूमिका निर्वाह गर्न पाइनेछ।

भाग्यशाली रङ खैरो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५३, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। आज भरिसक्के लामो यात्रा नगर्ने।

वृष : घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ। यात्रामा मालसामान हराउन सक्छ। आत्मबलमा कमी आउने छ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला तर साँझमा पुरानो र बिर्सिसकेको साथीसँग भेट हुनेछ।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ६५ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसीक भोजन नगर्ने।

मिथुन : आकस्मिक नयाँ कार्यको योजना बन्नेछ। सफल र माइलो यात्राको योग रहेको छ। मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ।

भाग्यशाली रङ आकाशे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ५७, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कर्कट : आफन्तको सहयोग प्राप्त हुनेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्त: फाइदा पुर्‍याउनेछ।

भाग्यशाली रङ सेतो र अंक ४८ प्रतिशत रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ५९, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७२ र सम्पूर्ण भाग्यांक ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। खैरो रङको प्रयोग नगर्ने।

सिंह : विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ। प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट लाभ हुनेछ।

भाग्यशाली रङ निलो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५९ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।

कन्या : प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। विगतका गलत निर्णयले पनि काममा चुनौती झमेला आउने देखिन्छ। टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेट हुनेछ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४१, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकलाई भोजन दिने। झुट नबोल्ने।

तुला : विद्यामा सफलता र मान प्रतिष्ठामा वृद्धि पनि होला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। सद्‍विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ। बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ। यात्रा गर्दा सावधानी अपनाउनु होला।

भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ८७, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।

वृश्चिक : कुनै कुराले मन दुखी हुनसक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अभिभावकले स-साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ। नयाँ काममा हात हाल्ने समय छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ खैरो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। अन्योलबीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। बिनाप्रतिस्पर्धा फाइदा पनि हुनसक्छ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।

मकर : मनपर्ने खानाको परिकार खान पाइनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ हरियो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ : सामाजिक क्षेत्रको काम अघि बढ्नेछ। धर्मकर्ममा मन लाग्नेछ। मनोरञ्जनमा सहभागी भइएला। कतै घुम्न जाने योजना बन्न सक्छ तर काममा सानातिना बिघ्नबाधा परेमा निराश र हतास नहुनु होला।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छल कपट नगर्ने।

मीन : राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ। केही तनाव बढेको महसुस हुनेछ। आर्थिक कारोबारमा मन्दी आउनेछ। मन दुखी हुने समाचार प्राप्त हुनसक्छ। मध्यदिनबाट भने आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ सेतो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad