समाज


महानगरले डोजर लगाएर हटायो कवाड संकलन केन्द्र

महानगरले डोजर लगाएर हटायो कवाड संकलन केन्द्र

फाइल फोटो


नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १५:४२, काठमाडौँ

यसअघि पटक पटक दिएको आग्रह नमानेपछि कामठमाडौँ महानगरपालिकाले कवाड सङ्कलन केन्द्रमा डोजर चलाएर हटाएको छ। 

कामपा–३२ मा पर्ने उक्त कवाडी सङ्कलन केन्द्र हटानको लागि ६ वटा टोल सुधार समिति र स्थानीयले कामपामा उजुरी गरेपछि उक्त केन्द्रमा आज डोजर लगाइएको कामपा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिए।  

उपरीक्षक अर्यालका अनुसार कामपा नगर प्रहरीले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेको तीनवटा कवाड सङ्कलन केन्द्र हटाएर हो।

‘आवास क्षेत्रमा पर्ने उक्त केन्द्र हटाउनका लागि कामपाले पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो’, उपरीक्षक अर्यालले भने।   

उक्त स्थानमा डोजर लगाएर भत्काएको विरोधमा कवाड सङ्कलन केन्द्रका दुई मजदुरहरूले डोजरलाई ढुङ्गामुढा गरेका थिए।  ढुङ्गामुढा गर्नेलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए। 

स्थानीयले बालबालिकाको पठनपाठन बिग्रिएको, सामाजिक असुरक्षा भएको भन्दै उक्त केन्द्र हटाउन आग्रह गर्दै आएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad