नेपाल राष्ट्र बैंकले ‘फ्रेमवर्क फर आइडन्टिफाइङ सिस्टमेटिकल्ली इम्र्पोटेन्ट पेमेन्ट सिस्टमको मस्यौदा निर्माण गरी राय मागेको छ।
भुक्तानी प्रणालीलाई व्यवस्थित गर्दै छिटोछरितो बनाउन राष्ट्र बैंकले मस्यौदा तयार पारेको हो।
भुक्तानी प्रणालीमा देखिने अवरोधको जोखिम कम गर्ने उद्देश्यसहित प्रणालीगत रुपमा महत्वपूर्ण भुक्तानी प्रणाली (एसआईपीएस) निर्धारण गर्ने फ्रेमवर्कको मस्यौदा तयार गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ।
त्यसमा आगामी जेठ ४ गतेभित्र राय दिन सकिनेछ।
मस्यौदाले भुक्तानी प्रणालीलाई दुई प्रकारमा विभाजन गरेर सोहीअनुसारको क्षेत्राधिकार तोकिदिएको छ।
मस्यौदामा ठूला प्रकृतिका भुक्तानी प्रणाली र खुद्रा भुक्तानी प्रणाली छुट्याइएको छ।
इलेक्ट्रोनिक चेक क्लियरिङ, अन्तरबैंक भुक्तानी प्रणाली, द्रुत भुक्तानी प्रणाली र कार्डमार्फत भुक्तानीहरु खुद्रे भुक्तानी प्रणालीअन्तर्गत रहने गरी फ्रेमवर्क बनाइएको छ।
के छ फ्रेमवर्कमा?
Shares

प्रतिक्रिया