समाज


दुई करोडको सुन-चाँदीसहित काठमाडौँबाट ९ भारतीय पक्राउ

दुई करोडको सुन-चाँदीसहित काठमाडौँबाट ९ भारतीय पक्राउ

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १७:५६, काठमाडौँ

प्रहरीले अवैध सुन र चाँदी जस्तो देखिने धातु र नगदसहित नौ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

वैशाख २ गते काठमाडौँका विभिन्न स्थानहरुमा सुन तथा चाँदीको अवैध कारोबार भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त बौद्वबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

विभिन्न सुन रिफाइनिङ एण्ड टंच सेन्टरहरूमा खानतलासी गर्दा एक किलो ७६.५१८ ग्राम सुन र १ किलो ८४५.४२९ ग्राम चाँदी बरामद भएको छ।

उक्त सुनको मूल्य एक करोड ७० लाख १० हजार ६० रुपैयाँ तथा चाँदीको मूल्य ३० लाख ९ हजार ९१ रुपैयाँ रहेको छ। यस्तै उनीहरूको साथबाट नेरु ८ लाख २७ हजार ५ सय र भारु ११ हजार ७ सय रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका मानिसहरूमा भारतको महारष्ट्र घर भई हाल काठमाडौँका विभिन्न स्थानमा बस्ने वर्ष ३० को नबनाथ बाकु कसीद, वर्ष २० को सन्दिप पोपट हजारे, वर्ष २२ को अन्सार दिलावर  सिकल्गार, वर्ष १८ को सुरज राजेश मदने, वर्ष २१ को अरमान हनिफ ईनामदाय,वर्ष २२ को मनोज सुभाष सकट, वर्ष ३८ को अमोल कुमार गोस्ले,व र्ष २० को सुनिल मिटकरी र वर्ष २० को सुरज नन्दीवाली रहेका छन्।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि उक्त धातु र नगद सहित आन्तरिक राजश्व विभाग, हरिहर भवन ललितपुर पठाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad